नेपालगन्ज– ९ मा वडाको विकासका लागि गोविन्द रेग्मीको विकल्प छैन

२२ बैशाख २०७९  नेपालगंज  । नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं.९ का  उम्मेदवारहरु  घरदैलाेअभियान तिब्र रुपमा कार्यक्रम गर्दै आएका छन । नेकपा एमालेका तर्फबाट वडाअध्यक्ष पदमा गोविन्द रेग्मी, वडा सदस्य पदमा सीमा केसी, मीना नेपाली, जयन्ती खत्री र ज्ञानबहादुर लामा चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी घरदैलो अभियान पूरा भएपछि उत्साहित देखिएका रेग्मीले मतदातालाई मत हाल्न सिकाउँदै पुनः घरदैलो सुरु गरिएको बताए । एमालेका पुराना र त्यागी नेताकारुपमा चिनिने रेग्मी स्थानीयमाझ अत्यन्तै लोकप्रिय छन् । उनले अवको पाँच वर्षमा आफ्नो वडालाई सम्बृद्ध र विकसित वडाकारुपमा स्थापित गराउने प्रतिबद्धता जनाएका छन् ।

वडालाई विकसित बनाउन भौतिक विकाससँगै मानवीय विकासलाई पनि सँगसँगै लैजानु पर्नेमा रेग्मीको जोड छ । सीमान्कृत समुदायको आर्थिक विकासका लागि सीपमुलुक देखि आर्यआर्जनसम्मका कार्यक्रमहरुल्याइने बताउँदै उनले महिला, जेष्ठ नागरिक, युवा, बालबालिकालाई समेत समेटेर कार्यक्रमहरु ल्याइने बताए ।

जिवनको महत्वपूर्ण कालखण्ड समाजसेवामै विताइएको छ उनले भने–‘अव स्थानीय तहको नेतृत्वमा पुगेर मेरो वडालाई सम्बृद्ध र नेपालगन्जकै नमुना बनाउने इच्छा छ ।’ उमेरमा पनि परिपक्व, सहयोगी र मिलनसार छवि भएकाले पनि वडाबासीहरुले रेग्मीलाई जिताउनु पर्ने बताउँछन् । स्थानीय सरकार हाँक्ने व्यक्तिको छवि पनि त्यही खालको चाहिन्छ मतदाताहरु भन्छन्–‘गोविन्द रेग्मी सबै खाले दृष्टिकोणबाट हाम्रो वडाको नेतृत्व गर्न सक्ने भरोसा योग्य उम्मेदवार हो, उहाँको विकल्प छैन् ।’